Logo

निर्माणाधिन घरमा लगि बालिका बलात्कार गर्ने पुरुष पक्राउ



उदयपुर, ११ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका ४ सिम्ले बस्ने ३० वर्षीय दिनेश दनुवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गरेकी ती बालिकाकाई सोही ठाउँस्थित निर्माणाधिन घरमा लगि दनुवारले शनिबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्