Logo

कोरोना भाइरसको संक्रमणबाट वडाध्यक्षको मृत्यु



अर्घाखाँची, ११ साउन । कोरोना भाइरसको संक्रमणबाट अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ । ६१ वर्षीय भुसालको काठमाण्डौको ह्याम्स अस्पतालमा उपचारको क्रममा आईतवार मृत्यु भएको हो ।

भुसालको निधन भएपछि नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

नगर कार्यपालिकाको बैठकले १२ वटै वडा कार्यालयका अत्यावश्यक बाहेकका सम्पुर्ण काम श्रावण १७ गते सम्म बन्द गर्ने र सबै वडा तथा नगरमा १३ दिन सम्म शोक पुस्तिका राख्ने समेत निर्णय गरेको छ । भुसाललाई कोरोना संक्रमणबाट अवस्था गम्भिर भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।



प्रतिक्रिया दिनुहोस्