Logo

जसपाको हेडकाउन्टः यादव पक्ष ३४, ठाकुर पक्ष १६, तटस्थ १



काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि बोलाएकोमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् । यो संख्या ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा बहुमत हो ।

हेड काउन्टमा अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जना पुगेका छन् । जेलमा रहेका कार्यकारिणी समितिका सदस्य रेशम चौधरी तटस्थ बसे ।

जसपामा कार्यकारिणी समिति सदस्यहरुको हेड काउन्टबाट छिनोफानो गर्ने भनिएकोमा उपेन्द्र यादव पक्षमा बहुमत देखिएपछि उनैले आधिकारिकता पाउने निश्चित भएको छ । यसअघि जसपाको आधिकारिकता दाबी गर्दै ठाकुरले ३१ जनाको हस्ताक्षरसहित निवेदन दिएका थिए । नयाँ राजनीतिक घटना विकास हुँदा महन्थ ठाकुर पक्षका ३ जना यादव पक्षमा गएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot