Logo

आजदेखि ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारण हुने



काठमाडौं, ११ साउन । तीन महिनादेखि रोकिएको चर्चित हास्य कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ आजबाट प्रसारण हुने भएको छ। कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै बन्द भएको शो आजबाट फेरि नियमित प्रसारण सुरु हुने भएको हो ।

आजदेखि ‘मुन्द्रेको कमेडी क्लब’ का नयाँ एपिसोडहरु प्रसारण हुने भएका छन् । कार्यक्रमको निर्देशक तथा कार्यक्रम संचालन हास्य कलाकार जितु नेपालले गरिरहेका छन् । पछिल्लो समयमा कार्यक्रमको अध्यक्षता नायिका करिश्मा मानन्धरले गर्दै आएकी छिन् । राजेश हमालको ‘महानायक’ विवादमा मुछिएसँगै पुर्व अध्यक्ष दीपाश्री निरौला बाहिरीएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्