Logo

कोरोना संक्रमणदर र मृत्युदर बढ्दै, आज २५ जनाको मृत्यु



काठमाडौं, ११ साउन । कोरोना संक्रमणबाट आज थप २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ७ सय ३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज २४ घन्टामा कोरोना भाइरसका ३ हजार ४ सय २१ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ८२ हजार ९ सय ४७ पुगेको छ ।

त्यस्तै, आज १ हजार ६ जना ८२ संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ४५ हजार ३ सय १ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १७ हजार २७२ जनालाई कोरोना परीक्षण गर्दा २३९१ जना पिसीआर र १०३० जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्