Logo

उपेन्द्र यादव पक्ष आधिकारिक जसपा, आयोग परिसरमा जे देखियो (फोटोफिचर)



काठमाडौं, ११ साउन । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिता प्रदान गरेको छ । आज हेड काउन्टमा यादव पक्षमा बहुमत कार्यकारिणी समिति सदस्य देखिएपछि आधिकारिकता प्रदान गरेको हो ।

जसपाको ५१ सदस्यीय कार्यकारिणीमा अध्यक्ष उपेन्द्र यादव पक्षमा ३४ जना पुगेका छन् । यो संख्या ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा बहुमत हो ।

हेड काउन्टमा अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जना पुगेका छन् । जेलमा रहेका कार्यकारिणी समितिका सदस्य रेशम चौधरी तटस्थ बसे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्