Logo

अमेरिकी राजदूत बेरीले भेटे गृहमन्त्री खाँणलाई



काठमाडौं, ११ साउन । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु. बेरीले गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत बेरीले सिंहदरबारस्थित् गृह मन्त्रालयमा पुगेर मन्त्री खाँणसँग भेटवार्ता गरेका थिए ।

उनले नेपाललाई थप कोरोना खोप आवश्यक रहेमा सहयोगलाई प्राथमिकतामा राखेर सहयोग उपलब्ध गराइने पनि बताएका छन्। भेटमा गृहमन्त्री खाँणले सरकारको प्राथमिकता जनतालाई खोप लगाउनु रहेको बताएका थिए।



प्रतिक्रिया दिनुहोस्