Logo

माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सम्पन्न, पार्टी एकतामा जोड दिने निर्णय



काठमाडौं, ११ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज बसेको बैठकमा पार्टी एकताको लागि गम्भीर भएर लागिपर्ने निश्कर्ष निकालिएको छ । त्यस्तै, पार्टीमा दुई अध्यक्ष बनाएर आगामी महाधिवेशनसम्म लैजानेगरि छलफल चलेको छ ।

यसअघि एमाले विवाद समाधानको लागि कार्यदलले १० बुँदे खाका अघि सारेको थियो । उक्त प्रस्ताव एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटीबाट अनुमोदन भैसकेको छ । अब एक अर्काबीच आरोप प्रत्यारोप नगर्नेबारे पनि नेपाल पक्षमा सहमति बनेको एक नेताले जानकारी दिए । file photo



प्रतिक्रिया दिनुहोस्