Logo

मन्त्रिपरिषद् बैठक सम्पन्न, डिपोर्ट भएर आएका नागरिकको क्वारेन्टिन खर्च सरकारले व्यहोर्ने निर्णय



काठमाडौं, ११ साउन। मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले विदेशबाट डिपोर्ट भएका नागरिकको क्वारेन्टिन खर्च व्योहोर्ने निर्णय गरेको छ ।

सरकार प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बैठकको निर्णय सार्वजनिक गर्दै यसरी डिपोर्ट भएर स्वदेश फर्किएकाहरुको क्वारेन्टिन खर्चको आवश्यक प्रबन्ध श्रम मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले आवश्यक रकम निकासा गर्ने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्