Logo

सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने



काठमाडौं, १२ साउन । सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको लागि अनुमति दिएको हो ।

कम्पनीले असार ९ गते आईपिओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको थियो । १ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीले आईपिओ बिक्रि तथा प्रबन्धकको जिम्मा प्रभु क्यापिटल लिमिटेडलाई दिएको छ । आईपिओ जारी गरेपछि कम्पनीको चुक्तापुँजी २ अर्ब बराबरको पुग्ने भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्