Logo

मैलुङ खोला जलविद्युतले साउन १४ गतेदेखि ७ लाख कित्ता आईपीओ जारी गर्ने



काठमाडौं, १२ साउन । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित दरका ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ विक्री गर्न लागेको हो ।

सर्वसाधारणका लागि छुट्टाइएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानीमा विक्रि गर्ने कम्पनीले जनाएको छ । शेयर खरिद गर्न न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म गर्न सकिनेछ ।

कर्मचारी र सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याउन भएको हो ।



प्रतिक्रिया दिनुहोस्