Logo

सुनको मुल्यमा सामान्य गिरावट



काठमाडौं, १२ साउन । आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । सोमबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

यसैगरी, आज चाँदीको मुल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मुल्य कायम भएको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्