Logo

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौं, १२ साउन । जनता समाजवादी पाटी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका छन् । जसपाको कार्यकारिणी समितिको बैठक आज (मंगलबार) बस्ने भएको हो । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि जसपाको पहिलो बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्दैछ ।

यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने जनाइएको छ ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot