Logo

अबदेखि नबिल बैंकका ग्राहकले कर्जाको लागि अनलाइन आवेदन दिन सक्ने



काठमाडौं, १२ साउन । अबदेखि नबिल बैंकका ग्राहकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन दिन सक्ने भएका छन् । बैंकले ऋण कर्जाको लागि अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था सुरु गरेको हो ।

बैंकको अनुसार इच्छुक ग्राहकले बैंकको वेबसाइटमा https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details) गई साना तथा मझौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

यस सुबिधा बैंकलाई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको र ग्राहकले आफुले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्ने बैंकले जानकारी दिएको छ।

बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिने सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था गरेकोे छ । यो सुविधा बैंकद्वारा जारी अभियान “नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता” अनुरूप रहेको बैंकले जनाएको छ ।

हालसम्म बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको मार्फत सेवा दिँदै आएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्