Logo

अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच पछिल्लो घटनाक्रमबारे कुराकानी



१२ साउन : अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच सोमबार फोन वार्ता भएको बताइएको छ । उनीहरुबीच हालैमात्र ट्युनिसियामा भएको राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो ।

महासचिव अहमद अबोल गइद र ट्युनिसियाका विदेशमन्त्री ओथमान जेरान्दीबीच ट्युनिसियामा विकसित भएको पछिल्लो राजनीतिक विषयवस्तुका बारेमा कुराकानी भएको बताइएको छ ।ट्युनिसियामा गत आइतबार राति त्यहाँको संसद निलम्बन भएको छ भने त्यहाँका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका छन् ।

त्यसपछि ट्युनिसियामा विकसित भएको राजनीतिका विकासक्रमका बारेमा उनीहरुबीच फोनमा कुराकानी भएको सो समाचारमा जनाइएको छ ।हाल त्यहाँका कार्यकारिणी अधिकार राष्ट्रपतिले लिएका छन् भने नयाँ प्रधनानमन्त्री नियुक्त पनि गरेका छैनन ।

यहाँ केही दिनयता देखि सरकारका विरुद्धमा आन्दोलन चर्किएको थियो र त्यसपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका हुन्। यसै विषयमा उहाँहरुबीच कुराकानी भएको बताइएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्