Logo

शुटिङको क्रममा घाइते भए नायक विराज भट्ट



काठमाडौं, १२ साउन । नेपाली फिल्मका एक समयका चर्चित अभिनेता विराज भट्ट सुटिङको क्रममा घाइते भएका छन् । भोजपुरी फिल्म ‘आक्रोस’ को छायांकनको क्रममा आफु घाइते भएको विराज आफैले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

उनको सुटिङको क्रममा घुँडामा चोट लागेको र भित्र रगत जमेकोले २० दिन आराम गर्न डाक्टरले सल्लाह दिएअनुसार उनी हाल आराम गरिरहेका छन् ।

निषेधाज्ञा खुकुलो भएपछि ‘आक्रोस’ फिल्मको सुटिङको लागि लखनउ पुगेका विराजलाई चोट लागेपछि छायांकनको काम राृकिएको छ । नेपाली फिल्ममा चर्चित भएका विराज भोजपुरी फिल्ममा गुपचुप छिरेका थिए ।

उनले लेखेका छन्, ‘एक्सन सिन गर्दा सामान्य घाइते भएको अवस्था हो । तपाइहरुको मायाले क्रमिक सुधार हुँदै गैरहेको जानकारी गराउन चाहान्छु ।

 



प्रतिक्रिया दिनुहोस्