Logo

ओलम्पिकमा जापानी स्टार ओसाका पराजित



एजेन्सी, १२ साउन । टोकियो ओलम्पिकमा टर्च बालेकी जापानी टेनिस सुपरस्टार नाओमी ओसाका ओलम्पिकको तेस्रो राउन्डमा पराजित भएकी छिन् । प्रतियोगितामा स्वर्णकी दाबेदार मानिएकी ओसाका चेक खेलाडी मार्केटा भोनड्रोसोभासँग सोझो सेटमा पराजित भएकी हुन् ।

घरेलु मैदानमा विश्व नम्बर २ ओसाका विश्व नम्बर ४२ की चेक खेलाडीसँग ६-१ र ६-४ को सोझो सेटमा पराजित भइन् । उनले प्रतियोगितामा आफू निकै दबाबमा रहेको र ओलम्पिकको अनुभव समेत नभएको बताइन् ।

यसअघि विश्व नम्बर १ अष्ट्रेलियन खेलाडी आसलेग बार्टी पहिलो चरणमै पराजित भएकी थिइन् ।

यसपटक ओलम्पिकमा अप्रत्याशित नतिजाहरु आइरहँदा ओसाका टेनिसमा तेस्रो चरणमै पराजित भएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्