Logo

राज कुन्द्राको आज सुनुवाई हुँदै, शर्लिन चोपडा उच्च अदालतमा पुगिन्



एजेन्सी, १२ साउन । बम्बई उच्च अदालतमा आज व्यवसायी तथा शिल्पा शेट्टीका पति राज कुन्द्राले पुलिस हिरासतलाई दिएको चुनौती र जमानतको लागि आज सुनुवाई हुँदैछ । राज कुन्द्राले आफुलाई अदालत समक्ष धरौटीमा रिहाई गर्न अपिल गरेका थिए ।
राजलाई अश्लील भिडियो प्रकरणमा प्रहरीले हिरासतमा लिएको आज अन्तिम दिन हो । प्रहरीले राज कुन्द्रा र रयान थोर्पलाई हिरासतमा राख्ने समय थप गर्न माग गरीरहेको छ ।

राजले पक्राउलाई यसरी दिए चुनौती
कन्स्क्युन्स लस एसोसिएट्समा दायर गरिएको कुन्द्राको म्द्दामा भनिएको छ, ‘अश्लील सामग्री बनाउने र प्रकाशन गरेको घटना सार्वजनिक भएपछि धेरै व्यक्ति पक्राउ परेका थिए र पछि उनीहरुलाई जमानतमा छोडियो।’
अदालतले अपराध शाखाका अधिकारीहरूले जुलाई १९ मा राजको कार्यालयको भ्रमण गरेको र खोजतलास गरेपछि उनको बयान रेकर्ड गर्ने बहानामा उनलाई आफ्नो बाइकुला कार्यालयमा बोलाइएको थियो। तर त्यहाँ पुग्दा उनी पक्राउ परेको समेत निवेदनमा उल्लेख गरिएको छ ।

शर्लिन चोपडा पक्राउबाट बच्न कोसिस गर्दै
अश्लील भिडियो प्रकरणमा अपराध महाशाखाले शेर्लिनलाई पनि हाजिर हुन आग्रह गरिएको छ । उनी आज बिहान ११ बजे अपराध महाशाखामा हाजिर हुँदैछिन् । तर शर्लिनले सोधपुछ गर्नुपुर्व नै मुम्र्बइ अपराध महाशाखालाई अग्रिम जमानतको लागि बम्बई उच्च अदालतलाई जाने जानकारी गराइसकेकी छिन् ।

अश्लील फिल्म प्रकरणमा अपराध महाशाखाले गहाना वशिष्ठलाई पनि सोधपुछको लागि बोलाएको छ । उनका वकिल सोनाजी कालेलले गहना वशिष्ठ २–३ दिन भित्रमा अपराध शाखामा पेश हुने बताएका छन्।



प्रतिक्रिया दिनुहोस्