Logo

जिन्स पाइन्ट लगाएको भन्दै किशोरीको हत्या



एजेन्सी, १२ साउन । भारतमा जिन्स पाइन्ट लगाएको चित्त नबुझाएको परिवारले चेलीमाथि निर्ममतापूर्वक कुटपिट गरी हत्या गरेको छ । उत्तर प्रदेशकी १७ वर्षीया नेहा पासवानको हत्या भएको हो ।

पासवानलाई उनका हजुबुवा र काकाले लठ्ठीले निर्मतापूर्वक कुटेका थिए । सबरेजी गाउँमा गत हप्ता यो घटना भएको हो ।

नेहाले जिन्स लगाएपछि हजुबाबुले फकाल्न भन्दा उनले जवाफ फर्काएकी थिइन् । कपडा लगाउनका लागि नै बनाएको जवाफ दिएपछि कुटपिट गरेका थिए ।

हत्यापछि उनको शव गण्डक नदीको पुलमा झुण्ड्याइएको अवस्थामा फेला परेको थियो । उनकी आमाले कुटपिटबाट हत्या भएको खुलाएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्