Logo

‘हामी कुनैपनि हालतमा उपेन्द्र यादवसामू आत्मसमर्पण गर्दैनौं, सांसद पदको चिन्ता छैन्’ : लक्ष्मणलाल कर्ण (भिडिओसहित)



जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले आफूहरु कुनैपनि हालतमा उपेन्द्र यादवसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन् । अब कसरी अघि बढ्ने भन्नेबारे आफूहरु छलफलमै रहेको पनि कर्णको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘हामी बस्छौँ अनि विचार गछौँ, नयाँ पार्टी गठन गर्छौँ । निर्वाचन आयोगको आदेशमाथि हामी सर्वोच्च अदालतमा गएका छौँ । एउटा मुद्दा चल्दैछ । यो फैसलाउपर के गर्ने भन्ने विषयउपर पनि छलफल चल्दैछ । त्यसलाई मान्ने वा फेरि सर्वाेच्च अदालतमा जाने भन्ने कुरामा विमर्श गर्छौ । त्यसलाई मान्ने हो भने त हामी पार्टी दर्ता गछौँ ।’ प्रस्तुत छ नेता कर्णसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

तपाईँहरु जसपामा नै बस्ने कि नयाँ पार्टी खोल्नुहुन्छ ? के छ तयारी ?

जबसम्म हामी अर्को पार्टी खोलेको निर्णय गर्दैनौं, तबसम्म जसपा नै हो ।

तर, अब तपाईँहरु जसपामा हुनुहुन्न, उपेन्द्र यादवले त तपाईँहरुलाई कारबाही गर्ने घोषणा गर्नुभएको छ नि ?

ठीकै छ, उहाँ के–के गर्नुहुन्छ ? त्यो उहाँको विचार हो । उहाँले कुनैबेला पार्टी मिलाउने प्रयत्न गर्नुभएको थियो । अहिले पार्टी फोड्ने कोशिस गर्नुभयो । अब के–के गर्नुहुन्छ, त्यो उहाँको काम हो । उहाँले नै जान्नुहुन्छ । हामी जान्दैनौं ।

तपाईँहरुले जसपा फुटाउनको लागी के–के कोशिस गर्नुभयो, तर बाजी त उपेन्द्र यादवले मार्नुभयो नि ?

महन्थ ठाकुर म पनि थिएँ, हामीलाई उहाँको कारबाही पार्टीबाट निकालिसकेपछि अनि मात्र हामीले उपेन्द्र यादवमाथि कारबाही गरेको हो । यसलाई पनि निर्वाचन आयोगले निश्काषन मिल्दैन योपटक रहन्छ भनेर भनेको हो । त्यसपछि उहाँले आधिकारिकताको लागि अर्को बाटो खोजेर जानुभयो र यो अवस्था आयो । त्यसकारणले हामीले उहाँलाई निश्काषन गर्ने काम गरेका थिएनौँ । उहाँले गरेपछि हामीले पनि जवाफी कारबाही गर्यौं । उहाँले आधिकारिकताको कुरा गरेपछि हामीहरु बाध्य भएर जवाफ दियौँ ।

अब तपाईँहरुसंग पार्टी छैन, तपाईँहरु नयाँ दल कहिलेसम्म गठन गर्नुहुन्छ ?

हामी बस्छौँ अनि विचार गछौँ, नयाँ पार्टी गठन गर्छौँ । निर्वाचन आयोगको आदेशमाथि हामी सर्वोच्च अदालतमा गएका छौँ । एउटा मुद्दा चल्दैछ । यो फैसलाउपर के गर्ने भन्ने विषयउपर पनि छलफल चल्दैछ । त्यसलाई मान्ने वा फेरि सर्वाेच्च अदालतमा जाने भन्ने कुरामा विमर्श गर्छौ । त्यसलाई मान्ने हो भने त हामी पार्टी दर्ता गछौँ ।

त्यसोभए तपाईँहरु अब नयाँ दल गठन गर्नुहुन्छ ? तयारी भैसकेको हो ?

नयाँ भनेको के मान्छे त हामी नै हो ।

मान्छे त तपाईहरु नै हो, तर पनि १६ जनाले नयाँ दल गठन गर्नुहुने भयो होईन ?

१६ जना मात्रै के ? हामीसँग लाखौँ मान्छे छन ।

१६ जना मात्रै छन त तपाईँहरुसंग, उपेन्द्र यादवसंग ३४ जना हिजो देख्नुभएन विर्वाचन आयोगमा ?

त्यो त कार्यकाणी समितिको न हो । हामीसंग थुप्रै जना पार्टीमा छन ।

कार्यकारिणी समितिको कुरा गर्दा तपाईहको एकदमै थोरै न्युन उपस्थिति देखियो नि त ?

देखियो, यसको मतलव अन्तिम साम्नेमा छ भने त्यतिमात्रै मान्छे हो भन्ने कुरा होईन । हामीले समिति बनाईराखेका थियौं हाम्रा मान्छेहरु थिए, बने न त्यहाँ हाम्रा मान्छे त केन्द्रदेखि लिएर गाउँको वडासम्म मान्छेहरु छन नि ।

तपाईँहरुले आयोगको निर्णय मान्नुभयो होईन, निर्वाचन आयोगले जे गर्यो ठिक गर्यो भन्ने हो ?

होईन, यसमा छलफल गछौँ हामी । निर्वाचन आयोगले पार्टी फुटायो यो कुरा हामीले किन भन्छौँ भने निर्वाचन आयोगले जुन आधिकारिकताको निवेदन दर्ता गरेको थियो । त्यो कानुनमा उल्लेख भएको प्रक्रियाबमोजिम थिएन । प्रक्रियाबमोजिम नभईकन उत्प्रेषणको आदेश गरिदियो । त्यो आदेश गलत छ भनिकन हामी सर्वोच्च अदालतमा गइराखेका थियौँ । पेशी १५ गते छ । त्यसकारणले अब त्यसपछि पनि निर्वाचन आयोगले हिजो जे निर्णय गर्यो, त्यो निर्णयको सम्बन्धमा पनि हामीले विचार गछौँ हिजो बेलुकी पनि निर्णय गरेको हो । त्यो निर्णयमा हामीहरु छलफल गर्छौं । त्यसलाई मान्यो भने पार्टी दर्ता गर्नतिर जान्छौँ । र, मानेन भने सर्वोच्चतिर जान्छौँ ।

उसो भए तपाईँहरु फेरि सर्वोच्चमा जानुहुन्छ ?

जान्छौँ । अन्यायमा परेपछि न्यायको बाटो सर्वोच्च नै त नि । न्यायको लागि हामी जान्छौँ ।

तपाईँहरुको सांसद पद त धरापमा पर्यो नि ?

कसरी धरापमा पर्यो ? कसले दिएको थियो हामीलाई सांसद् पद र धरापमा पर्ने ?

उपेन्द्र यादवले भन्नुभएको छ–जसपामा रहेको सांसद् पद रहन्छ नरहनेको पद जान्छ रे, उहाँहरुले सांसद् पद त्यागे हुन्छ भन्नुभएको छ नि ?

ठीक छ, उपेन्द्र यादवको बोली कुनै दैविक बचन होईन । उपेन्द्र यादवले हामीलाई सांसद् पद दिएको पनि होईन । हामीलाईँ सांसद् पद निर्वाचन आयोगले पनि दिएको होईन । हाम्रो सांसद् पदमात्रै होईन, प्रदेशका साँसद्हरु देखि लिएर वडासम्मका जुन–जुन प्रतिनिधिहरु छन । ती सवै जनताले दिएका हुन । जनताले दिएको कुरा कुरा कुनै पनि व्यक्तिले खास्ने कहीँ पनि अधिकार छैन । दल दर्ता ऐनको दफा ४४ हेरे हुन्छ ।

अब तपाईँहरु आत्मसर्मपण गरेर उपेन्द्र यादव कहाँ जाने कि नयाँ दल खोल्ने ? के छ तयारी ?

यसो छ–दुई वटा कुरा जुन तपाईँले भन्नुभयो नि आत्मसर्मपण त हामीहरु कहिल्यैपनि गर्दैनौं ।

उपेन्द्र यादवसंग आत्मसर्मपण गर्न सक्नुहुन्न तपाईँहरु ?

हामी उपेन्द्र यादवसँग कुनैपनि हालतमा पनि आत्मसमर्पण गर्दैनौं । जहाँसम्म नयाँ दल दर्ताको कुरा हो, हामी यसबारेमा छलफल गर्दैनौं । हामीहरु नयाँ दल पनि दर्ता गर्छौं या सर्वोच्चमा जान्छौँ । हाम्रो पद धरापमा पर्दैन् । यो कसैले सोचिराख्ने विषय होईन ।

किन पर्दैन पार्टी सिस्टममा, दलिय व्यवस्थामा ?

दल दर्ता ऐनमा दुई वटा व्यवस्था गरेको छ । दफा ३३ ले दल त्यागको व्यवस्था गरेको छ । यो कुनै पनि व्यक्तिको वा समुहको निजी कुरा हो । त्यो पार्टीबाट अलग हुनसक्छ । त्यो पार्टी त्याग गर्न सक्छ । त्यसले नयाँ पार्टी खोल्न सक्छ । उसको अलग प्रक्रिया हो । जुन ४० प्रतिशत मान्छेलाई पढिराखेको छ । जुन हामीले आफ्नो ईच्छानुसार अलग पार्टी दर्ता गरेको होईन । पार्टी त्याग पनि गरेको होईन । हामी निर्वाचन आयोगको फैसलाबमोजिम दल दर्ता ऐन को ४४ को ६ वमोजिम हामीले अलग पार्टी दर्ता गछौँ भने अलग पार्टी नै दर्ता हुन्छ । त्यो पार्टीले पनि एउटा छुट्टै मान्यता पाउँछ । त्यो पार्टीले मान्यता पाईसकेपछि त्योसंग भएका जति कुरा हो त्यहीसंग रहन्छ । त्यसलाई दल दर्ता ऐनको ४४ को ६ लाई पनि कानुनमा नभएको कुरा समाप्त हुन्छ । समर्पण गर्न जानुपर्छ के अपराध गरेको हो हामीले र ?

मैले भन्न खोजेको तपाईँहरुले पद जोगाउनको लागि सर्मपण गर्नुको विकल्प छैन नि, के गर्नुहुन्छ क्या ?

होईन ठिक छ, हामी पदलाई वास्ता गर्दैनौँ । तपाईँलाई थाहा छ । मैले त पद छोडेको हो नि संविधानसभामा ७० को संविधानसभामा अन्ततः मैले पद त्याग गरेर निस्केको हुँ । राजीनामा गरेर निस्केको हुँ । त्यसकारण अहिले पद त्यागको कुनै प्रश्न नै छैन । यो एउटा हल्ला बजारमा आईराखेको छ । मैले हिजोदेखि भनिराखेको छु । त्यस्तो कसैलाई पनि पद त्याग गर्नुपर्ने कुरा ऐनमा व्यवस्थित् छैन । संविधानमा व्यवस्थित छैन । त्यसकारण पद त्याग कसैलाई पनि गर्नुपर्दैन् ।

राजनीतिक दलसम्बन्धी दफा ३१ को १ लाई राम्रोसंग अध्ययन गर्नुभएको छ, त्यसमा के उल्लेख गरेको छ ?

तपाईँलाई मैले अघि नै भने दुई वटा व्यवस्था छ । दल त्याग गर्ने व्यक्तिको ईच्छा हो । अर्को दलमा जाने व्यक्तिको ईच्छा हो । नयाँ दल खोल्नु व्यक्तिको ईच्छा हो ।



प्रतिक्रिया दिनुहोस्