Logo

के दोस्रो पटक आमा बन्दैछिन् ऐश्वर्या ?



एजेन्सी, १२ साउन । बलिउडकी सुन्दर अभिनेत्री तथा पुर्व मिस वल्ड ऐश्वर्या रायको सधै चर्चा हुनेगर्छ । ऐश्वर्याको भर्खरै मात्र ‘पोन्निईन सेलवन’ फिल्मको सुटिङ तमिलनाडुमा सुरु भएको छ । यसैक्रममा ऐश्वर्याका केही तस्वीरहरु सामाजिक संजालमा भाइरल भएका छन् ।

बास्तवमा ऐश्वर्या पति अभिषेक बच्चन र छोरी आराध्याको साथमा को–स्टार सरथ कुमारको घरमा पुगेकी थिइन् । यसक्रममा केही तस्वीर शरथ कुमारको छोरी र कलाकार वरलक्ष्मीले आफ्नो इन्स्टाग्राममा शेयर गरेका हुन् । फोटोकै आधारमा सामाजिक संजाल प्रयोकर्ताहरुले ऐश्वर्या गर्भवती भएको आशंका गरिरहेका हुन् । तस्वीरमा ऐश्वर्याको तौल र हल्का पेट दुवै बढेको देखिन्छ । उनले पेटलाई हातले समेत छोपेको देखिन्छ । फ्यानहरुले दोस्रो पटक आमा बन्ने आशंका गर्दै प्रतिक्रिया दिइरहेका छन् ।

ऐश्वर्या र अभिषेकसँगको तस्वीर शेयर गर्दै वरलक्ष्मीले खुशी हुँदै लामो स्टाट्टस लेखेकी छिन् । तर, हालसम्म भने ऐश्वर्या गर्भवति भएको परिवारबाट कुनै आधिकारीक जानकारी आएको छैन् । २००७ मा अभिषेकसँग ऐश्वर्याको विवाह भएको थियो । दुवैको एक छोरी छिन् ।



प्रतिक्रिया दिनुहोस्