Logo

बाहिर सिंहजस्तै गर्जने र भित्र लम्पसार पर्ने परिचय बनाएर ओली सरकार बालुवाटारबाट बार्दली पुगेको छ : गगन थापा



काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले पूनःस्थापित संसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बौल्दै उनले यस्तो बताएका हुन् ।

थापाले भने–‘यो अध्यायको सुखान्तको लागि सरकार र संसद दुवैसँग नयाँ अपेक्षाहरु छन् । संसद्लाई हेप्ने र अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने, जनताको दुहाई दिने, तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तै गर्जने र भित्र लम्पसार पर्ने, यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ सरकार, तर नयाँ सरकारलाई यस्तो कुनै अपराध गर्ने छुट छैन् । यस्तो हुन नदिनको लागि संसद्ले पनि संकल्प गर्नुपर्छ । न त यो संसदलाई बेवास्ता गर्न दिईने, न त कामविहीन बनाउन । न त मनोमानी ढंगले स्थगित् गर्न दिईनेछ, न त छल्न । यो संसद सरकारसँग डराउने होईन । सरकार यो संसद्सँग डराउनुपर्नेछ । परीक्षा प्रधानमन्त्रीको मात्रै होईन, सभामुख महोदय, सभामुखको पनि छ । संविधानको धाराले प्रतिनिधिसभा पूनःस्थापित भयो, अनि सांसदहरुको अधिकारले सरकार । अब सभामुख र हाम्रो कर्मले संसद र संविधानाप्रति गुमेको जनविश्वासलाई पूनःस्थापित गर्नुपर्नेछ ।’



प्रतिक्रिया दिनुहोस्