Logo

चन्द्र मिसनमा २ अर्ब डलर दिन विश्वका धनाढ्य बेजोस तयार



एजेन्सी, १२ साउन । विश्वका धनाढ्य जेफ बेजोसले अमेरिकी अन्तरीक्ष केन्द्र नासालाई २ अर्ब डलरको प्रस्ताव गरेका छन् । आफ्नो स्पेस कम्पनी ब्लू ओरिजिनलाई नासाले सम्झौता गरी स्पेसक्राफ्ट निर्माण गर्ने अनुमति दिए २ अर्ब डलर दिने घोषणा गरेका हुन् ।

यसअघि नासाले इलोन मस्कको कम्पनी स्पेस एक्सलाई सन् २०२४ को लागि स्पेसक्राफ्ट बनाउन २ अर्ब ९० करोड डलर सम्झौता गरेको छ । तर, उक्त मिसनका लागि नासाले ब्लू ओरिजिन र डानेस्टिकको सम्झौता रद्द गरिदिएको थियो ।

स्पेस एक्सले आफ्नो क्षमता र प्रभावकारी निर्माण गरेको कारण उक्त कम्पनीसित नासाले सम्झौता गरेको नासाका अधिकारीले बताएका थिए । बेजोसले नासालाई लेखेको चिठ्ठीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्मले लेखेको छ,‘ब्लू आरिजिनले अमेरिकी सरकारको यस वर्षको आर्थिक बर्षमा २ बिलियन डलरको सहयोग गर्नेछ । त्यसको लागि नासाले हाम्रो कम्पनी ब्लू ओरिजिनलाई चन्द्र्रमा मिशनका लागि स्पेस क्राफ्ट बनाउन अनुमित दिनु पर्नेछ । त्यसपछि मात्र कम्पनीले आफ्नो मूल्य र सम्झौतालाई अगाडि बढाउँछ । स्पेसक्राफ्ट बनाउने कार्यमा प्रतिस्पर्धा नभए यसले आउने दिनमा प्रभाव पर्न सक्ने छ ।’

स्पेस एक्स कम्पनी क्राफ्ट बनाउने एकल कम्पनी भएको कारण यसले आउने दिनमा निर्माण मूल्य थप्न सक्ने छ । तर, ब्लू ओरिजिनले आफ्नो तर्फबाट निर्माण कार्यमा सक्दो कम मूल्य तोक्ने छ । नसाले स्पेस एक्ससित सम्झौता गरे अगावै स्पेस क्राफ्ट निर्माण गर्ने आ–आफ्नो प्रोपोजल पेश गर्न भनेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्