Logo

ईन्द्र बानियाँलाई ऋषि धमलाको प्रश्न : उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री किन बनाएको ? (भिडिओसहित)



काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा बाग्मती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्दा आश्चर्य मान्नुपर्ने कुनै कारण नभएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकार धमलाले उमेश श्रेष्ठलाई स्वास्थ्यमन्त्री किन बनाएको ? उहाँ त निजी अस्पतालको सञ्चालक भनेर बाहिर चर्चा छ नि ? भनेर सोधेको प्रश्नमा नेता बानियाँले भने–‘नेपाली कांग्रेसभित्र त्यतिधेरै द्धिविधा छैन् । तर, सञ्चारमाध्यममा धेरै कुरा आयो । एउटा मान्छे गरिब मान्छे धनी हुन पाउँछ कि पाउँदैन ? उमेश श्रेष्ठ कहाँबाट आएको मान्छे ? कुन भूगोलबाट आएको मान्छे ? हिजो उमेश श्रेष्ठ जहाँ जन्मिएका थिए, जहाँबाट यहाँसम्म आईपुगे । हिजो काठमाडौं आउँदै गर्दा उमेश श्रेष्ठ एउटा सामान्य मान्छे आएको हो । र, उसले आफ्नो जीवनमा निकै संघर्ष गरेर एउटा स्थापित रुपमा उहाँले एजुकेशन, स्वास्थ्य, हाईड्रोको फिल्डमा जानुभयो होला, व्यवसायमा जानुभयो होला, व्यवसायमा जानु उहाँको गल्ती हो र ?’



प्रतिक्रिया दिनुहोस्