Logo

महन्थ ठाकुरलाई मनिष सुमनको आग्रह : नयाँ दल नखोल्नुहोस, यही दलमा बस्नुहोस (भिडिओसहित)



काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा प्रदेश सांसद मनिष सुमनले महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई नयाँ दल नखोल्न र यही दलमा बस्न सुझाव दिएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘मेरो त सुझाव छ, तपाईँहरु यही पार्टीमा बस्नुहोस । आत्माआलोचना र त्रुटि भएका छन् भने त्यो पनि गरौं । हामी वैकल्पिक शक्ति बनाउन हिँडेको हो भने त्यतातर्फ लाग्नुपर्छ । जसपा फुटिसक्यो, तर अझै मिल्ने मौका छ । अन्तिम झिनो आशा छ ।’ उनले आफूलाई ऋषि धमलाले पनि सत्य, निष्ठा र सिद्धान्तको पछि लाग्न भनेकोले आफू त्यहीअनुसार उपेन्द्र यादव र बाबुरामको साथमा उभिएको स्पष्ट पारे ।

उनले भने,‘तपाइईँले पनि मलाई सत्य, निष्ठा र सिद्धान्तको पक्षमा उभिनुहोस भनेर यही कार्यक्रममा भन्नुभएको थियो, आज म सार्वजनिक रुपमा यो कुरा भन्दैछु । म मन्त्री बन्नको लागि उपेन्द्र यादवतिर लागेको होईन ।’ उनले आफू नीति र सिद्धान्तको पक्षमा उभिएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्