Logo

उपेन्द्र यादवले बोलाएको बैठकमा नजाने ठाकुरको निर्णय, यादव भन्छन्-‘कारबाही गर्दैछौं’



काठमाडौं, १२ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालको आधिकारिकता उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षलाई दिएपछि बोलाईएको कार्यकारिणी समिति बैठकमा महन्थ ठाकुर पक्ष नजाने भएको छ । ठाकुरले आफूहरु बैठकमा नजाने जानकारी पत्रकार ऋषि धमलासँगको कुराकानीमा गराए ।

तर, अध्यक्ष उपेन्द्र यादवले भने आजको बैठकले ठाकुर र राजेन्द्र महतोसहित नेताहरुलाई कारबाही गर्ने तयारी भएको जानकारी गराए । बालकुमारीस्थित पार्टी मुख्यालयमा आज अपरान्ह बस्ने बैठकले ठाकुरसहित १६ जना नेताहरुलाई कारबाही गर्ने तयारी छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव–भट्टराईको पक्षमा ३४ जना छन् । ठाकुर–महतोको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot