Logo

माओवादीबाट अमिक शेरचन र तिलक परियार प्रदेश प्रमुखका लागि सिफारिश



काठमाडौं, १२ साउन। नेकपा माओवादी केन्द्रले अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुख बनाउन सरकारलाई सिफारिश गरेको छ । माओवादीको आकस्मिक स्थायी कमिटी बैठक बसेर उनीहरुको नाम सिफारिश गरेको हो ।

शेरचन र परियार विगतमा माओवादीबाट सांसद भइसकेका हुन् । उनीहरु यसअघि प्रदेश प्रमुख थिए । दुवैलाई यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखबाट हटाएको थियो ।

शेरचन गण्डकी प्रदेश र परियार प्रदेश नम्बर २ का प्रमुख थिए । उनीहरु यसअघि भन्दा फरक प्रदेश पारेर लगिने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्