Logo

कोरोनाको तेस्रो लहरको खतरासँगै लकडाउन हुनसक्ने



काठमाडौं, १२ साउन । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरसको तेस्रो लहरको खतरा औल्याएको छ । कोरोना भाइरसको तीनवटा भेरियन्ट पुष्टि भएको भन्दै तेस्रो लहरको खतरा औल्याएपछि लकडाउनको संकेत देखिएको हो ।

निषेधाज्ञा खुकुलो पारेर निरन्तरता दिइएको अवस्थामा सरकारले तेस्रो लहरको खतरा औल्याएपछि यातायात, व्यवसायलगायतमा कडाई गरी लकडाउनको संकेत देखिएको हो । पछिल्ला दिनहरुमा कोरोना भाइरसका संक्रमित र मृत्युदर बढ्ने क्रम चलिरहेबाट यस्तो संकेत देखिएको हो ।

निषेधाज्ञा खुकुलो बनाएलगत्तै मानिसहरुको भीडभाड बढ्न गई कोरोना संक्रमण बढेको छ । सरकारले तेस्रो लहरको चुनौतीपूर्ण अवस्था औल्याउँदै तयारी गर्न अनुरोध समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्