Logo

राष्ट्रपतिद्धारा गण्डकी प्रदेश प्रमुखमा गुरुङ र लुम्बिनीमा शेरचन नियुक्त



काठमाडौं, १२ साउन। राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी छिन् ।

यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको थियो । नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रमुख थिए ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम