Logo

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच टेलिफोन वार्ता



काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच आज टेलिफोन संवाद भएको छ । टेलिफोन वार्तामा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनीहरुबीच द्विपक्षीय विकास साझेदारी, जलवायु परिवर्तन र आपसी चासोका विषयमा कुराकानी भएको हो । त्यस्तै, कोभिड–१९ विरुद्धको लडाइँमा सहयोगसम्बन्धमा समेत उहाँहरूबीच छलफल भएको थियो । अमेरिकाले यसअघि नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot