Logo

टोकियो ओलम्पिक: गौरिकाले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दै



काठमाडौं, साउन १३। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि(स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् ।

गौरिका आजको खेलको पहिलो हिटमा रहेकी छिन् । हिटको छैटौं लेनमा रहेर गौरिकाले नाइजेरिया, गुएम र मोन्टेनेग्रोसँग प्रतिस्पर्धा गर्दैछिन् ।

गौरिका यो विधामा इन्ट्रि टाइमिङमा दोस्रो स्थानमा रहेकी छिन् । उनको इन्ट्री टाइमिङ एक मिनेट ६२ मिलिसेकेन्ड रहेको छ ।

त्यसैगरी मोन्टेनेग्रोकी एन्डेला एन्टुनोभिकको टाइमिङ भने एक मिनेट ४९ मिलिसेकेन्ड रहेको छ । गौरिकाको आजको हिट चरण पार गर्ने सम्भावना बलियो देखिएको छ ।

हिजोको खेलमा नेपाली पौडी खेलाडी एलेक्स शाह ओलम्पिकको हिट चरणमा पहिलो भएपनि हिट चरणको समयका आधारमा शीर्ष १६ मा पर्न नसकेपनि उनले राष्ट्रिय कीर्तिमान राख्न भने सफल भएका थिए । गौरिकाको खेल आज दिउँसो पौने चार बजे हुँदैछ ।

 



प्रतिक्रिया दिनुहोस्