Logo

रेशम चौधरीलाई निश्काषन गरियो भन्ने हल्ला सत्य होईन : डम्बर खतिवडा



काठमाडौं, १३ साउन । जनता समाजवादी पार्टी, नेपालबाट रेशम चौधरीलाई निश्काषन नगरिएको नेता डम्बर खतिवडाले स्पष्ट पारेका छन् । हिजो बसेको कार्यकारिणी समितिले चौधरीलाई पार्टीबाट निश्काषन गरिएको भन्ने चर्चा थियो । त्यसको भोलिपल्टै आज खतिवडाले उक्त हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारेका हुन् ।

सामाजिक सञ्जालमार्फत खतिवडाले लेखेका छन्-“माननीय रेशम चाैधरीलाई जसपाले निष्कासन कार्वाही गर्याे भन्ने हल्ला सत्य हैन। जसपाकाे कार्यकारिणी५३ सदस्यीय छ।कायम ५१ मध्ये आधिकारिकताकाे पक्षमा३४ ले हस्ताक्षर गर्नुभाे। रेशमजी तटस्थ रहनुभयाे। उहाँले अब कानुनी रुपमा आफ्नाे इच्छा र पक्षधरता प्रष्ट गर्नु पर्ने हुन्छ।कुरा यति हाे।”



प्रतिक्रिया दिनुहोस्