Logo

प्रभु पे र लस्कर फुड्स बीच सम्झौता



काठमाडौं, १३ साउन । प्रभु पे डिजिटल वालेटले अनलाइन फुड डेलिभरि प्लेटफर्म लस्कर फुड्ससँग सम्झौता गरेको छ । हालै सञ्चालनमा आएको लस्कर फुड्सले ‘हाइजेनिक किचन’को अवधारणालाई अगाडि बढाएर रेष्टुरेण्टबाट खाना/खाजा घरसम्म समयमै पु¥याउने लक्ष्य राखेको छ । पे को अन्ुसार लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो ।

सम्झौतासँगै लस्कर फुड्सका प्रयोगकर्ताले प्रभु–पे डिजिटल वालेटबाट लस्कर फुड्स मार्फत भुक्तानी गर्न सक्नेछन् । यससँगै लस्कर फुड्सबाट खानेकुरा अर्डर गरेर प्रभु पे मार्फत भुक्तानी गर्दा आकर्षक अफर पाउने लस्कर फुड्सले जनाएको छ ।

प्रभु पे बाट भुक्तानी गर्दा साप्ताहिक रुपमा लक्की ड्र मार्फत लस्कर फुड्सले फुड भौचर दिने योजना अघि सारेको छ । लस्कर फुड्समा हुने अर्डरहरु मध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रुचि प्रभु पे पर्न गएकोले यस्तो आकर्षक अफर ल्याएर ग्राहकहरुलाई प्रोत्साहन गरिएको हो । लस्कर फुड्सले २ मा १ योजना समेत अघि सारेको छ ।

साथै प्रभु टेक्नोलोजी अन्तर्गतका विभिन्न सेवासुविधाहरु (प्रभु टिभी, प्रभु इन्टरनेट, मोमो टिभी) मा लस्कर फुड्सका प्रयोगकर्ताहरुलाई आकर्षक छुट प्रदान गर्ने सम्झौता गरेको हो ।



प्रतिक्रिया दिनुहोस्