Logo

एभरेष्ट बैंकले ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त



काठमाडौं, १३ साउन । एभरेष्ट बैंकले ८ वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

नियुक्ति सम्बन्धी सम्झौतामा बैंकको तर्फबाट कम्पनी सचिव सुरेश चापाँगाई र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धकसचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने यस ऋणपत्रको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामाकरण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्