Logo

‘देउवाले सफल प्रधानमन्त्री बन्नेगरि आफ्ना कदम चाल्नुपर्छ, म अहिले कमेन्ट गर्दिन्’ : कल्याण गुरुङ (भिडिओसहित)



काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले भदौ १६ गते महाधिवेशन हुने दाबी गरेका छन् । उनले पार्टीको १४औं महाधिवेशन कुनैपनि हालतमा नरोकिने स्पष्ट पारे । उनले यसपटक आफू यसपटक सभापतिमा लड्ने तयारी गरिसकेको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकारले राम्रो सुरुवात गरेको दाबी गरे । अहिले सरकार हनिमुन पिरियडमा रहेकोले आफूले सरकारबो कुनै टिप्पणी नगर्ने पनि उनले स्पष्ट पारे ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल बन्नेगरि कदम चाल्नपनि सुझाएका छन् । उनले भने,‘उहाँ अहिले ईतिहासको कठघरामा उभिनुभएकोछ । ईतिहासले मागेको सफल कामहरु उहाँले गर्नुहुनेछ भन्ने आशा छ ।’ उनले आफू नै केन्द्रीय सभापतिको उम्मेद्धवार भएकोले पछि नहट्ने बताए ।



प्रतिक्रिया दिनुहोस्