Logo

मकवानपुरमा पाँच हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिने



वाग्मती, १३ साउन: यही साउन ३१ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षामा मकवानपुर जिल्लाबाट पाँच हजार ३९१ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डको कार्यालय हेटौँडाले जनाएको छ ।

विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना जोखिम नै रहेको अवस्थामा विद्यार्थीहरुको भौतिक उपस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी परीक्षा सञ्चालन हुने कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेले बताउनुभयो । यस वर्ष विद्यार्थीले आफू अध्ययनरत् कलेज तथा विद्यालयबाट कक्षा १२ को परीक्षामा सहभागी हुन पाउनेछन् ।

जिल्लाको सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने मकवानपुर बहुमुखी क्याम्पसबाट एक हजार ३०० विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने सो क्याम्पसले जनाएको छ । त्यस्तै हेटौँडा क्याम्पसबाट नियमिततर्फ ३१३ जना विद्यार्थी कक्षा १२ को सो परीक्षामा सहभागी हुने हेटौँडा क्याम्पसका प्रमुख देवेन्द्र मानन्धरले बताए । हेटौँडा बाहिर घर भएका विद्यार्थीहरु परीक्षाका लागि आउन शुरु गरिसकेका छन् ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्