Logo

साउदी अरबले यी देशमा जाने आफ्ना नागरिकलाई ३ वर्ष प्रतिबन्ध गर्ने



एजेन्सी, १३ साउन । साउदी अरबले कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण गर्ने उद्देश्यले चेतावनी जारी गरेको छ। साउदी अरबको स्टेट न्युज एजेन्सी एसपीएको अनुसार कुनै नागरिकद्वारा रेड लिस्टमा परेका देशका लागि यात्रा गरेमा ३ वर्ष सम्म प्रतिबन्ध लगाउने भएको छ।

स्रोतको अनुसार साउदीका केही नागरिकले यात्राको नियम उल्लघंन गरेका थियो । उनीहरुलाई मे २०२० मा पहिलोपटक अधिकारीहरुको पुर्व अनुमति बिना बिदेश यात्रा गर्ने अनुमति दिइएको थियो । नियम तोड्दा उनीहरुले कडा सजाय भोग्न परेको छ । उनीहरुलाई नियम उल्लंघन गरेको आरोपमा ३ वर्षको प्रतिबन्ध लगाइएको छ ।

साउदी अरबले अफगानिस्तान, अर्जेन्टिना, मिस्र, इथियोपिया, भारत, इन्डोनेशिया, लेबनान, पाकिस्तान, दक्षिण अफ्रिका, तुर्की वियतनाम र संयुक्त अरब इमिरेट्स जस्ता देशमा यात्रा गर्न प्रतिबन्ध लगाएको हो ।



प्रतिक्रिया दिनुहोस्