Logo

गठबन्धनको बैठकमा चित्रबहादुर केसीले प्रधानमन्त्री देउवासँग पोखे असन्तुष्टी



काठमाडौं, १३ साउन । सत्तापक्षीय गठबन्धनको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो असन्तुष्टि पोखेका छन् । उनले खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेको भन्दै आफ्नो असन्तुष्टि पोखेका हुन् ।

उनले कोही नपाएर व्यापारीलाई किन मन्त्री बनाएको भनेर प्रश्न उठाएका थिए । देउवाले भने केसीको असन्तुष्टि सुनिमात्रै रहेको र कुनै प्रतिक्रिया नजनाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

केसीले गठबन्धनको सरकारले एमसीसी पारित गराउन खोज आफूहरु गठबन्धनबाट बाहिरिने पनि बताउँदै आएका छन् । आजको बैठकमा सरकारलाई पूर्णता दिनेबारे छलफल भएको छ । र, क–कसलाई मन्त्री बनाउने भनेर टुँगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्