Logo

मोटोपनको कारण तोडिएको यी महिलाको प्रेम सम्बन्ध, आधा तौलको भेटिए पार्टनर



एजेन्सी, १३ साउन । कोही मानिसलाई पनि धेरै मोटो हुन मन पर्दैन् तर विभिन्न कारणले मोटाउन पुग्छन् । मोटापन आफैमा एक गम्भिर रोग हो । शरीरमा अत्यधिक बोसो जमेको कारण मोटोपन बढ्दै जान्छ । बोसोकै कारण सुन्दरता नष्ट हुँदै जान्छ । धेरै पटक मोटोपन वा शारीरिक समस्याका कारण पति पत्नीको सम्बन्ध टुटेको देखिएको छ । यो समस्याले कयौको घरबार जोखिम परेका छन् ।

क्यानडाको ओंटारियोमा बस्ने २३ वर्षीया युवती ब्रिट्नी जैक्सलाई अत्यधिक तौल बढेको कारण उनका पार्टनरले छाडेका थिए । अब भने उनले आफ्नो भन्दा आधा तौल भएका नयाँ साथी भेटेकी छिन् ।

एक रिपोर्टको अनु्सार ब्रिटनीको तौल केही हप्ता पहिला १०७ किलोको थियो । उनका पहिलो पार्टनरले डेटिङ जाने प्रस्ताव गरे तर उनले पार्टनरको कुरा मानिनन् र पार्टनर टाढिदै गए । पछि ब्रिटनीले पनि आफ्नो तर्फबाट सम्बन्ध तोडिन् । पार्टनरको कुराले उनको आत्मविश्वासमा कमी आएको उनी बताउछिन् ।

यसैक्रममा उनको भेट फेसबुकमार्फत जिम ट्रेनर मैट मान्टगोमरीसँग भयो । ब्रिटनी र मैट एक अर्काको मायामा डुबे । अब यी जोडी एक अर्काबिना बाच्न नसक्ने अवस्थामा पुगेका छन् । ब्रिटनीका पछिल्ला पार्टनर मैटको तौल आधा कम रहेको छ । र पनि कुनै संकोच मानेका छैनन् । ब्रिटनीले आफ्नो सम्बन्ध मोटोपनकै कारण तोडिएको भन्दै आत्मविश्वासमा पनि धेरै चोट पुगेको बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्