Logo

स्कुटर चोरी गरेको अभियोगमा एक पक्राउ



बाँके, १३ साउन । स्कुटर चोरी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका १२ बस्ने प्रकाश खड्काको आफ्नै घरमा पार्किङ गरी राखेको भे.७ प.५४८९ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा बर्दिया बारबर्दिया नगरपालिका ९ बैदी बस्ने उमेश चौधरी मंगलबार दिउँसो पक्राउ परेका छन् ।

उक्त स्कुटर चोरी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले चौधरीको घरमा उक्त स्कुटर लुकाई राखेको अवस्थामा फेला पारी चौधरीलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्