Logo

जोरपाटीबाट १० जुवाडे पक्राउ



काठमाडौं, १३ साउन । तास खेलिरहेको अवस्थामा जोरपाटीबाट १० जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीस्थित घरमा तास खेलिरहेको अवस्थामा ४७ वर्षीय प्रेम तामाङ लगायत १० जनालाई मंगबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सो ठाउँमा तामाङले तास खेलाईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९७ हजार रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्