Logo

यी ४ पूर्वमाओवादी मन्त्रीको सांसदमा पुर्नबहालीको प्रयास, निर्वाचन आयोग हुँदै अदालत



काठमाडौं, १३ साउन । नेकपा माओवादी केन्द्र परित्याग गरेपछि सांसद पदबाट हटाइएका ४ जना पूर्वमन्त्रीहरुले पुर्नबहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । माओवादीमा छँदा प्रभावशाली नेता समेत रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले दल त्याग नगरेको जिकिर गर्दै रिट दायर गरेका हुन् । रिटको सुनुवाई बिहिबार हुने भएको छ ।

केपी ओली नेतृत्वको सरकारमा मन्त्री बनाइएका उनीहरुले निर्वाचन आयोगले २३ असारमा दिएको विवरणमा माओवादी केन्द्रकै सदस्य रहेको जिकिर समेत गरेका छन् । त्यस आधारमा दल त्याग नगरेको भन्दै सांसद पदबाट हटाउने निर्णयको बदरको माग समेत गरेका छन् ।

२६ चैत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ जनालाई सांसद पदबाट हटाउन संसद सचिवालयमा पत्र लेखेका थिए । त्यस आधारमा सभामुख अग्निप्रसाद सापकोटाले हटाउने सूचना जारी गरेका थिए ।

पूर्वमन्त्री चारै जनाले आफूहरु निर्वाचन आयोगमा नेकपा एमालेको विवरणमा सदस्य नरहेको र नेकपा माओवादी केन्द्रमा भने रहेको जिकिर गरेका छन् । त्यस आधारमा आफूहरुलाई सांसद पदबाट हटाउनु कानुनसम्मत नभएको तर्क गरेका छन् ।

उनीहरुले प्रचण्डको निर्णयले आफूहरुको सांसद पद रिक्त गर्नु गैरकानुनी हुने भन्दै केन्द्रयि समितिको निर्णय नभएको जिकिर समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्