Logo

बैंकिङ कसूर मुद्दाका फरार ३ जना प्रतिवादी पक्राउ



म्याग्दी, १३ साउन । बैंकिङ कसूर मुद्दाका फरार ३ जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत म्याग्दीबाट बैंकिङ कसूर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार रहेका ३ जना फरार प्रतिवादीलाई म्याग्दी बेनीबजारका विभिन्न स्थानबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बेनी नगरपालिका २ बस्ने ५५ वर्षीया सुनिता नेपाली, सोही नगरपालिका ४ बस्ने ३३ वर्षीया जगदेवी थापा मगर र सोही ठाउँ बस्ने ३५ वर्षीया निर कुमारी खत्री रहेका छन् ।

बैंकिङ कसूर मुद्दामा सुनितालाई ६ महिना कैद तथा ९ लाख ७८ हजार २ सय २५ रुपैयाँ जरिवाना, जगदेवीलाई ६ महिना कैद तथा ९ लाख ७९ हजार ६ सय ४९ रुपैयाँ जरिवाना र निर कुमारीलाई ६ महिना कैद र ९ लाख ७० हजार ३ सय ५६ रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत म्याग्दीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानका लागि कारागार कार्यालय म्याग्दी पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्