Logo

२७ किलो गाँजासहित ६५ वर्षीय पुरुष पक्राउ



काठमाडौं, १३ साउन । अवैध लागूऔषध २७ किलो गाँजासहित ६५ वर्षीय पुरुष पक्राउ परेका छन् । पटेर्वासुगौली गाउँपालिका ४ पटेर्वाटोल बस्ने ६५ वर्षीय बासुदेव माझीलाई २७ किलो अवैध लागूऔषध गाँजा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त ठाउँस्थित पोखरीको डिल हुँदै लागूऔषध गाँजाको ओसारपसार भइरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरीले माझीले बोरामा बोकी ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्