Logo

नेप्सेद्वारा आज जीवन विकास लघुवित्तको आईपीओ सूचीकृत



काठमाडौं, १३ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत गरेको छ । नेप्सको अनुसार कम्पनीको आज ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत गरेको हो ।

पहिलो कारोबारका लागि न्युनतम मुल्य ३०५ रुपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा नेप्सेले तोकेको छ । सूचीकृत भएसँगै कम्पनीको आईपीओ अब दोस्रो बजारमा कारोबार हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्