Logo

दोहोरो अंकले नेप्से बढ्दा १३ अर्ब बढीको कारोबार



काठमाडौं, १३ साउन । शेयर बजार आज उकालो लागेको छ । साताको कारोबारको चौथो दिन आज नेप्से १५ दशमलव ३० अंकले बढेर ३ हजार ९४ दशमलव ९४ उच्च विन्दुमा पुगेको हो ।  त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव २ अंकले बढेर ५७४ दशमलव ३२ विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज २१९ कम्पनीका १ लाख २८ हजार ७८० पटका कारोबार भएर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ बराबरको २ करोड ८१ लख ७० हजार १७२ कित्ता खरिद बिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्