Logo

आज यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, १३ साउन । २१९ कम्पनीका १ लाख २८ हजार ७८० पटक शेयर कारोबार भएर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ बराबरको २ करोड ८१ लख ७० हजार १७२ कित्ता खरिद बिक्रि भएको छ ।

सबैभन्दा धेरै आज युनाइटेड मोदी हाइड्रोपावरको कम्पनीको कारोबार भएको छ । कम्पनीको आज ४८६ रुपैयाँ प्रतिकित्ता कायम भई ३८ करोड ५३ लाख बढीको कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ३७५ रुपैयाँ प्रतिकित्ता कायम भई ३६ करोड ४३ लाख बढीको शेयर कारोबार भएको छ । यसैगरी, अरुण भ्याली हाइड्रोपावर डभलपमेन्टको आज ५३२ रुपैयाँ प्रतिकित्ता कायम भई ३३ करोड ५४ लाख बढीको कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्