Logo

परीक्षाअघि नै कक्षा १२ का विद्यार्थीलाई खोप दिन शिक्षा समितिको निर्देशन



काठमाडौं, १३ साउन । कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि नै कोरोना खोप उपलब्ध गराउन शिक्षा समितिले निर्देशन दिएको छ । समितिले विद्यार्थीलाई परीक्षाअघि नैै खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

शिक्षा समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि कोरोना भाइरसको कारण परीक्षामा सहभागी हुन नसक्ने विद्यार्थीले दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था गर्न समेत निर्देशन दिएको छ । विद्यार्थी धेरै भएको विद्यायलमा केन्द्रको संख्या बढाउन समेत समितिले सुझाव दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेबाट भाद्र ९ गतेसम्म परीक्षा संचालन गर्ने तालिका सार्वजनिक गरीसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्