Logo

एमसीसीको प्रस्ताव संसदमा पेश गर्न देउवालाई गोकुल बाँस्कोटाको चुनौती



काठमाडौं, १३ साउन । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदमा पेश गर्न चुनौती दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी छिटो संसदमा पेश गर्न चुनौती दिएका हुन् ।

देउवाले विगतमा एमसीसी छिटो ल्याउन भन्दै वेल घेर्न लगाएको ट्वीटमा उल्लेख गर्दै भने,‘ओली हुँदा त छिटो ल्याउ भनेर वेल घेर्न लगाउने उनै देउवा हुन् । ओली हटाएपछि पास गरिदिने विश्वास दिलाउने प्रचण्ड समेतको अग्रगामी मोर्चामै छ हैन सजमो पनि ?’

एमसीसी परियोजनाका विषयमा राजनीतिक दाउपेच चलिरहेको समेत उनले बताएका छन् । पछिल्लो समय गठबन्धनभित्रै एमसीसीबारे विरोध उठेपछि बाँस्कोटाको भनाई सार्वजनिक भएको हो ।



प्रतिक्रिया दिनुहोस्