Logo

१५ अंकले नेप्से बढ्दा तीन कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट



काठमाडौं, १३ साउन । साताको चौथो कारोबारको दिन बुधबार अघिल्लो दिनको कारोबारको तुलनामा शेयर बजार १५ दशमलव ३० अंकले बढेको हो ।

नारायणी डेभलपमेन्ट बैंक, चन्द्रागिरी हिल्स कम्पनी र मल्टिपर्पस फाइनान्स कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको हो । नारायणी डेभलपमेन्ट बैंकको शेयरमुल्य ८०३ रुपैयाँ कायम भएको छ । कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् ।

चन्द्रागिरी हिल्स कम्पनीको आज १६ सय ३७ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भएको छ । मल्टिपर्पस फाइनान्स कम्पनीको आज ५३४ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भएको छ । सोल्टी होटल्सका लगानीकर्ताले ८ प्रतिशतभन्दा बढीको दरले कमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्